पत्रकार जोस्ना र विष्णु सम्मानित
झापा । नेवा: पासा मुना पुच बिर्तामोडले नेवा समुदायका दुई जना पत्रकारलाई सम्मान गरेको छ । नेवा: पासा मुना पुचले पत्रकार जोस्ना श्रेष्ठ र विष्णु श्रेष्ठलाई ३०औ साधारण सभाको अवसरमा सम्मान गरेको हो । विष्णु एपीवान टेलिभिजन र जोस्ना जन आन्दोलन डटकममा कार्यरत छिन् ।
नेवा भाषा र संस्कृति संरक्षणमा सञ्चारको माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै पत्रकारद्वयलाई प्रशंसा पत्रले सम्मानित गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए । कार्यक्रमका प्रमुख अतिथि भाषाविद् गणेश बज्राचार्यले उनीहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सदस्य पदमा निर्वाचित माया प्रधान र बिर्तामोड उद्योग वाणिज्य संघको सदस्य पदमा निर्वाचित संस्थाका अध्यक्ष दिनेश श्रेष्ठलाई पनि प्रमुख अतिथि बज्राचार्यले प्रशंसा पत्र प्रदान गरेका थिए । संस्थाको तर्फबाट बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएको थियो । कार्यक्रममा संस्थाको सांगठानिक वार्षिक प्रतिवेदन अध्यक्ष श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शर्मिला शाक्यले प्रस्तुत गरेकी थिइन् ।