२०८३ बैशाख १९ गते , शनिबार
नेपाली युट्युबर भारतको सिक्किममा पक्राउ
खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन् । भिडियो पोष्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेसन गान्तोकले पक्राउ गरेको हो । सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
उमालाई अदालतमा पेस गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ । पक्राउ परेकी उमाले १० पुसमा वन झाँक्री बस्ने गुफा र ११ पुसमा चारधाम सिक्किम घुमफिरबारे भिडियो सामग्री पोस्ट गरेकी थिइन् । साथै उनले सिक्किममा साकेला मनाउनका लागि भिडियोमार्फत आव्हान गरेकी थिइन् । त्यसैलाई आधार बनाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।