२०८० मंसीर २३ गते , शनिबार

बाह्रदशीमा १४ कट्ठा धानको कुन्यू जलेर नष्ट

sajilo news
झापा
२०८० मंसीर ४ गते , सोमबार
बाह्रदशीमा १४ कट्ठा धानको कुन्यू जलेर नष्ट

झापाको बाह्रदशी गाउँपालिका- ६ बिहीबारे बस्ने कैलाश तामाङको १४ कट्ठा खेतको धानको कुन्यू आगलागीले जलेर नष्ट भएको छ । आज दिउँसो १ ३० बजे अचानक भएको आगलागीबाट तामाङको धानको कुन्यू पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिगई स्थानीयवासीको सहयोगमा दिउँसो २।४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनयता झापामा दिनहुँ आगलागीका घटना हुन थालेका छन् ।

सम्बन्धित समाचार