२०८३ असार ११ गते , विहीबार
१० दिनदेखि बेपत्ता बाह्रदशीका हस्दा मृत फेला
विगत दश दिनदेखि बेपत्ता भएका झापा बाह्रदशी– ५ का ४० वर्षीय ताला हस्दा मृत फेला परेका छन् । उनी हिजो बिर्तामोड १० को बाँसघारीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । केही दिनअगाडि नै उनी झुन्डिएको हुनसक्ने अनुमान गरिएको छ । उनले लगाएको कपडाले पहिचान गरिएको हो ।
उनको अनुहार नचिनिने कुहिएको अवस्थामा पुगिसकेको र लाशलाई पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।