२०८३ असार ११ गते , विहीबार

बिर्तामोडमा आगलागी

sajilo news
झापा
२०८० कार्तिक ३० गते , विहीबार
बिर्तामोडमा आगलागी

बिर्तामोडमा आज बिहान आगलागी भएको छ । बिहान २ बजेको समयमा बिर्तामोड नगरपालिका–१ पञ्चकन्या टोल बस्ने नन्दकुमार प्रसाईँको दुई तल्ले पक्की घरको भुइँतलामा रहेको स्टोर रुममा आगलागी भएको हो ।

आगलागीबाट लुगा, सिरक, डसना, दराजहरू गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान जलेर नष्ट भएको हो । स्थानीयको सहयोगमा बिहान २.३० बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।

सम्बन्धित समाचार