२०८३ बैशाख १५ गते , मंगलबार

श्रीलंकाको लज्जास्पद हार, भारत विश्वकपको सेमिफाइनलमा

sajilo news
झापा
२०८० कार्तिक १७ गते , शुक्रबार
श्रीलंकाको लज्जास्पद हार, भारत विश्वकपको सेमिफाइनलमा

भारतसँग श्रीलंकाको लज्जास्पद हार भएको छ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा आयोजक राष्ट्र भारतले श्रीलंकाविरुद्ध ३०२ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो । ३५८ रनको लक्ष्य पाएको श्रीलंकाले २० ओभरमा ५५ रन बनाउँदै सबै विकेट गुमायो ।

भारतका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस ऐयरले ८२ रन बनाएका थिए । श्रीलंकाका तर्फबाट एन्जेलो म्याथ्युजले १२, महेश तिक्षणाले १२ र कसुन रजिथाले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३, जसप्रित बुमराह र रविन्द्र जडेजाले एक–एक विकेट लिए । जारी प्रतियोगितामा ७ खेल खेलेको भारतले सबै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान ओगटेको छ । योसँगै भारत विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । 

सम्बन्धित समाचार