२०८३ बैशाख १५ गते , मंगलबार

ओमानसँग नेपाल ५ रनले पराजित

sajilo news
झापा
२०८० कार्तिक १६ गते , विहीबार
ओमानसँग नेपाल ५ रनले पराजित

आईसीसी टि - २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार निर्धारित ओभरको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको हो।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन जोडे। कुशल भुर्तेलले २६, करण केसीले १५, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले १२, कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। 

ओमानले १४६ रनको लक्ष्य दिएको थियो। ओमानका लागि जिशान मकसूदले सर्वाधिक ३२ रन, नसीम खुशीले २५ रन, प्रतिक अथावलेले २४ रन, आयन खानले १८ रन बनाए। शकील अहमद २२ रन बनाउँदै अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

यस अगाडि नेपालका लागि करण केसीले ३ विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए। त्यसैगरी गुल्सान झा र अविनाश बोहराले १/१ विकेट लिएका थिए। योसँग समूह एबाट ओमान विजेता र नेपाल उपविजेता बनेको छ।

सम्बन्धित समाचार