२०८३ असार ११ गते , विहीबार

इजरायलमा मारिएका बाँकी दुई नेपालीको शव पहिचान, स्वदेश ल्याईंदै

sajilo news
झापा
२०८० कार्तिक १४ गते , मंगलबार
इजरायलमा मारिएका बाँकी दुई नेपालीको शव पहिचान, स्वदेश ल्याईंदै

इजरायल । दक्षिण इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० मध्ये बाँकी दुई नेपाली विद्यार्थीको शव पनि पहिचान भएको छ। 

पहिचान भएकामा मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव रहेको छ। उनीहरूको मात्रै शव पहिचान हुन बाँकी थियो।

पहिचान भएका शव आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपाल पठाउने तयारी भइरहेको त्यहाँस्थित नेपाली दुतावासले आज जनाएको छ। 

यसअघि ८ जनाको शव पहिचान भइसकेको थियो । त्यसमध्ये ५ वटा शव परिवारलाई बुझाइसकिएको छ। बेपत्ता विपिन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ। उनको खोजीको पहल जारी रहेको दुतावासले जनाएको छ।

सम्बन्धित समाचार