२०८३ असार ११ गते , विहीबार

अब ट्राफिक प्रहरीलाई नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने

sajilo news
झापा
२०८० कार्तिक १३ गते , सोमबार
अब ट्राफिक प्रहरीलाई नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने

बिर्तामोड ।  तपाईँले सवारी चालक अनुमतिपत्र साथमा बोक्नु भएको छैन तर ट्राफिक प्रहरीको चेकजाँचमा पर्नुभयो भने पनि अब चिट काट्ने छैन । नागरिक एपमा तपाईँको लाइसेन्स विवरण राख्नुभएको छ भने अब त्यसले मान्यता पाउने भएको छ ।

नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता नदिएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो गर्न नपर्ने सरकारले जनाएको छ । नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको नागरिक एपको फेसबुक पेजमा उल्लेख छ । यो व्यवस्था आजैदेखि कार्यान्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्नसमेत आग्रह गरिएको छ ।

सम्बन्धित समाचार