२०८३ असार ११ गते , विहीबार

दशैंको बेला घरमा आगो लागेपछि...

sajilo news
झापा
२०८० कार्तिक ६ गते , सोमबार
दशैंको बेला घरमा आगो लागेपछि...

दशैंका बेला घरमा आगलागी हुँदा इलामको माई नगरपालिका– २ गोर्खेका गोपाल सुवेदीको परिवारको बिचल्ली भएको छ ।

आज बिहान ६.३० बजे सुवेदीको घरसंगै जोडिएको गाई गोठबाट आगो सल्किएको थियो। आगलागीबाट सुवेदीको दुईतले काठको घर, गोठ, भान्सा घर, दुई तोला सुन, १० मन धान, नगद १० हजार, ३ वटा मोबाइल सेट , महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट हुँदा १० लाख बढीको क्षति भएको लोदिया प्रहरी चौकी दानावारिका प्रमुख बलदेव सुवेदीले जानकारी दिए ।

आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी जुटेपनि नियन्त्रण गर्न नसकिएको बताइएको छ ।
आगलागीको कारण थाहा हुन नसके पनि सुवेदीकी ५ बर्षिया नातिनीले खेल्ने क्रममा आगो सल्काएको हुनसक्ने आशङ्का गरिएको छ ।

सम्बन्धित समाचार