२०८३ असार ११ गते , विहीबार

इजरायलमा हमास आक्रमण परी मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

sajilo news
झापा
२०८० कार्तिक ५ गते , आईतबार
इजरायलमा हमास आक्रमण परी मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

हमास आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आइतबार काठमाडौं आइपुगेको छ । इजरायल सरकारले पहिचान गरेको चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएकामध्ये तीन शवहरू नेपाल ल्याइएको हो ।

आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गएराति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो ।

कैलालीका आशीष चौधरीको शव भने आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । उनका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ ।

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।

सम्बन्धित समाचार