२०८३ बैशाख २ गते , बुधबार

भद्रपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु 

sajilo news
झापा
२०८० कार्तिक २ गते , विहीबार
भद्रपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु 

भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए  । बुधबार बेलुका ७ बजेको समयमा मेची राजमार्ग अन्तरगत भद्रपुर- ८ स्थित नमुना टोल नजिकै चन्द्रगढीबाट भद्रपुरतर्फ आउँदै गरेको मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते चालक लिम्बुलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार