२०८३ असार ११ गते , विहीबार

सनसाईन साकोसको साधारण सभा सम्पन्न

sajilo news
रेवतीराज घिमिरे
२०८० आश्विन २९ गते , सोमबार
सनसाईन साकोसको साधारण सभा सम्पन्न

भद्रपुर । सनसाईन बचत तथा ऋण सहकारी संस्था भद्रपुरको १० औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ शनिवार सम्पन्न गरिएको छ ।  

जिल्ला सहकारी संघ झापाका सदस्य भलाकाजी कठायत को प्रमुख आतिथ्यमा सम्पन्न सभामा सहकारीका विभिन्न इकाईबाट प्राप्त सुझाव समेटिएको माईनुट वाचन सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद  रिजालले प्रस्तुत गरेका थिए । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कठायतले राज्यले गरिब दुखी जनताबाट अत्यधिक कर अशुल्ने प्रवृत्तिले  दिन दुखिलाई थप पीडा दिने गरेको बताए।

उनले नियामक निकाय मौन रहँदा सहकारी धराशायी हुने गरेको बताउँदै सञ्चालकहरू सचेत भएर सकारीहरूको वृद्धि विकाशमा लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरू विनीता सुवेदी  र पुनम राजवंशीलाई नगद सहित प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

सो अवसरमा यही असोज १९ गते सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित अध्यक्ष बालकृष्ण बास्तोला सहितका ९ सदस्यीय नयाँ कार्य समितिलाई पद हस्तान्तरण समेत गरिएको थियो । रिजालको अध्यक्षतामा सम्पन्न सभामा भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सदस्य टीका प्रसाद दाहाल र स्वागत मन्तव्य टीका लुइँटेलले गरेका थिए । 

सम्बन्धित समाचार