२०८३ असार ११ गते , विहीबार

एनसिडिए झापाको पद हस्तान्तरण

sajilo news
झापा
२०८० आश्विन २९ गते , सोमबार
एनसिडिए झापाको पद हस्तान्तरण

बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा एक कार्यक्रमका बीच संघको दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन समिति संयोजक नरेन्द्र बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्र, एनसिडिए कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, केन्द्रीय सदस्य प्रदीपकुमार दास, संघको मेची शाखाका पूर्व अध्यक्ष राजेन्द्र ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।

निवर्तमान महासचिव जीवनकुमार खड्का र वर्तमान महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन गरेका कार्यक्रममा निवर्तमान उपाध्यक्ष प्रदीप खरेलले स्वागत गरेका थिए । संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा जीवनकुमार खड्का, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईँ र खुद्रा उपाध्यक्षमा राकेश शाह, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई, सचिवमा यज्ञराज कार्की र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल निर्वाचित भएका थिए ।

त्यस्तै, थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका थिए ।

पत्रकार खरेललाई कदरपत्र

यसैबीच, झापा टुँडे डटकमका सम्पादक हिमाल खरेललाई पद हस्तान्तरण कार्यक्रममा कदरपत्र प्रदान गरिएको छ । दुई दशकदेखि पत्रकारितामा आबद्ध खरेललाई संघले आज बिर्तामोडमा कदरपत्र प्रदान गरेको हो । संघ झापाको संस्थापक कार्यकाल (२०७६–२०८०) मा संस्थाको चौतर्फी विकास तथा जनसमक्ष सूचना पुर्‍याउन र गरिमा उच्च राख्न खेलेको महत्त्वपूर्ण भूमिकाको विशेष मूल्याङ्कन गर्दै उनलाई कदरपत्र प्रदान गरिएको हो ।

सम्बन्धित समाचार