२०८३ असार ११ गते , विहीबार

झापामा अवैध काठ र ट्याक्टरसहित चालक पक्राउ

sajilo news
झापा
२०८० आश्विन २९ गते , सोमबार
झापामा अवैध काठ र ट्याक्टरसहित चालक पक्राउ

झापाको मेचीनगरमा प्रहरीले अवैध काठ र ट्याक्टरसहित चालकलाई पक्राउ गरेको छ । हिजो बिहान ११ः३० बजेको समयमा मेचीनगर नगरपालिका ७ जोरसिमलस्थित पूर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ त ८९४७ नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा अवैध रुपमा लोड भएको चिलाउने जातको गोलिया काठ १४० थान (अन्दाजी २१० क्युफिट) बरामद भएको थियो ।

सो काठसहितको ट्याक्टर र त्यसका चालक मेचीनगर नगरपालिका३ बस्ने २८ वर्षीय डिकवीर प्रधानलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय भद्रपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार