२०८३ असार ११ गते , विहीबार

कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

sajilo news
मोरङ
२०८० आश्विन २७ गते , शनिबार
कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

मोरङमा कारको ठक्करबाट शुक्रबार राति पैदलयात्रुको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–७ स्कुलडाँडामा राति ८ बजेतिर दुर्घटना भएको हो।  बागमती प्रदेश ०१–०२६ च ६२८८ नम्बरको कारले ठक्कर दिँदा उर्लाबारी–७ का ५६ वर्षीय वोधविक्रम मुखियाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए। उनका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्‍याउनसाथ राति ९स्३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। 

सम्बन्धित समाचार