२०८३ असार ११ गते , विहीबार
सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना
सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ। शनिबार बिहान मनाङ एयरको हेलिकोप्टर लुक्लाबाट लोबुचे गएको थियो। लोबुचेमा अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हो। लिकोप्टर पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागि भएको हो। हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए। उनी घाइते भएका छन्।