२०८३ असार ११ गते , विहीबार

बिर्तामोडका पेट्रोल पम्पहरूको अनुगमन 

sajilo news
झापा
२०८० आश्विन २६ गते , शुक्रबार
बिर्तामोडका पेट्रोल पम्पहरूको अनुगमन 

बिर्तामोड नगरपालिकाले आज पेट्रोल पम्पहरूको अनुगमन गरेको छ । नगर उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक नगेन्द्र प्रसाद सङ्ग्रौलाको संयोजकत्वमा बजार क्षेत्रमा रहेका पम्पहरूको अनुगमन भएको हो ।  

अनुगमनका क्रममा अधिकास पम्पहरूमा रहेका सार्वजनिक शौचालयहरू फोहोर रहेको पाइएको छ । सफा नगरिएको, पानीको व्यवस्थापन नभएको, पानी जमेको लगायतका समस्या रहेको पाइएको हो । 

 नगरमा व्यवसाय नवीकरण नगरेको, मूल्य सुची सबैले देख्ने ठाउँमा नराखेको, मूल्य सुची परिवर्तन नगरेको, नागरिकले देख्नेगरि सार्वजनिक शौचालय लेखेको स्पष्ट बोर्ड नराखेको, अग्नि नियन्त्रक सामाग्रीको म्याद गुज्रिएको लगायतका समस्या पम्पहरूमा फेला परेको नगर उप प्रमुख सङ्ग्रौलाले बताउनु भयो । समस्या देखिएका पम्पहरूलाई ३ दिन भित्र आवश्यक कागजपत्र सहित नगरपालिकामा हाजिर हुन निर्देशन दिएको उप प्रमुख सङ्ग्रौलाले जानकारी दिए ।  

अनुगमन टोलीले देखिएका समस्या समाधानका लागि सबै पम्प सञ्चालकहरूलाई सुझाव दिएको छ । बसपार्क देखि चारपानेसम्म रहेका पेट्रोल पम्पहरूको अनुगमन गरिएको हो ।  

अनुगमनमा उप प्रमुख सङ्ग्रौला, वडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशोर पौडेल, राहुल शर्मा, रोहित प्रसाईँ, कार्यपालिका सदस्य तिला गौतम, उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा, नगरपालिकाका राजश्व शाखा प्रमुख पदम घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतम, वडा सदस्य चेतन बिमली, कर्मचारीहरू शम्भु साह, दीपेश गणेश लगायत प्रहरी,सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार