२०८३ असार ११ गते , विहीबार

बिर्तामोडमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

sajilo news
झापा
२०८० आश्विन २६ गते , शुक्रबार
बिर्तामोडमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एक महिला पैदल यात्रीको मृत्यु भएको छ।  मृत्यु हुनेमा पैदल यात्री दोलखा कालिन्चोकका ५१ वर्षीया देविमाया थामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
बिर्तामोड नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदल यात्री थामीलाई ठक्कर दिएको थियो।  

घाइते भएकी थामीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। यता घटनामा संलग्न ट्रक र चालक सुनसरी गढी गाउँपालिका(४ का ३९ वर्षीय रमेश चौधरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार