२०८३ असार ११ गते , विहीबार

चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

sajilo news
रासस
२०८० आश्विन २५ गते , विहीबार
चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए। उनले भने, “जुधेर गैँडा मरेको हो ।” चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ । 

सम्बन्धित समाचार