२०८३ बैशाख ७ गते , सोमबार

चाडपर्व लक्षित सुरक्षा अभियान : पूर्वी नाका काँकडभिट्टामा ‘डग स्निफिङ’

sajilo news
झापा
२०८० आश्विन २४ गते , बुधबार
चाडपर्व लक्षित सुरक्षा अभियान : पूर्वी नाका काँकडभिट्टामा ‘डग स्निफिङ’

झापा । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी पूर्वी नाका झापाको काँकडभिट्टामा ‘डग स्निफिङ’ शुरु गरिएको छ । बुधबार बिहान साढे ९ बजेदेखि मेचीनगर नगरपालिका-६ स्थित नेपाल भारत सीमा नाका काँकडभिट्टामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तर्गत तालिम प्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको हो ।

सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागू औषध ओसारपसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि पारूँ र पिंकु नाम गरेका २ वटा तालिम प्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए । उनले कुकुरले सुँघेर पत्ता लगाउने भएकाले प्रहरी चेकजाँचमा सहयोग पुग्ने बताए ।

सम्बन्धित समाचार