२०८३ असार ११ गते , विहीबार

प्रहरी चौकीका इन्चार्ज मृत फेला

sajilo news
झापा
२०८० आश्विन २४ गते , बुधबार
प्रहरी चौकीका इन्चार्ज मृत फेला

धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक मृत फेला परेका छन् । मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए ।

मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए । ‘चौधरीले साथीहरुलाई टाउको दुखेको बताएका थिए,’ प्रवक्ता महर्जनले भने, ‘थप अवस्था बुझ्न पोस्टमार्टम प्रक्रिया अघि सारिएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।’

सम्बन्धित समाचार