२०८३ असार ११ गते , विहीबार

झापाको कचनकवलमा आगलागी

sajilo news
झापा
२०८० आश्विन २४ गते , बुधबार
झापाको कचनकवलमा आगलागी

 

कचनकवल । झापाको कचनकवलमा एक घरमा आगलागी भएको छ । कचनकवल गाउँपालिका ६ स्थित कृष्णप्रसाद राजवंशीको भान्सा घरमा मंगलबार बेलुकी ७ बजे ग्यास सिलिन्डर  चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

उनको भान्सा कोठामा आगलागी हुँदा भाँडाकुँडा, किचन र्‍याक, फ्रिज लगायतका सामान जलेर नष्ट भएको छ । क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।  भान्सा घरमा लागेको आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रण लिएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा एक वृद्धा सामान्य घाइते भएकी छिन् । 

सम्बन्धित समाचार