२०८३ असार ११ गते , विहीबार

इनरव्हील क्लब भद्रपुरद्वारा स्तन क्यान्सर सम्बन्धी सचेतना तथा परीक्षण

sajilo news
झापा
२०८० आश्विन २३ गते , मंगलबार
इनरव्हील क्लब भद्रपुरद्वारा स्तन क्यान्सर सम्बन्धी सचेतना तथा परीक्षण

झापाको सदरमुकाम भद्रपुरमा स्तन क्यान्सर सम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सामाजिक संस्था इनरव्हील क्लब अफ भद्रपुरले आफ्नो वार्षिक कार्यक्रम अनुसार भद्रपुर नगरपालिका १० नम्बर वडा कार्यालयमा सो कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा ६३ जना महिलाले स्तनको परीक्षण गराएका थिए ।

साथै सहभागी महिला तथा छात्राहरूलाई स्तन क्यान्सर रोगविरुद्ध जागरूकता गराइएको क्लबकी मिडिया इडीटर डिचेन शेर्पा राईले जानकारी दिइन् ।

इनरव्हीलकी अध्यक्ष निर्मला निरौला खडकाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रादेशिक अस्पताल भद्रपुरका डा. विनेश झा, डा. निशा सङ्ग्रौला, १० नम्बरका वडा सदस्य दुर्गा दाहाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य डा. गीता श्रेष्ठले राखेकी कार्यक्रमको सञ्चालन  सेक्रेटरी अमृता हुमागाईँ पराजुलीले गरेकी थिइन् । 

सम्बन्धित समाचार