२०८३ असार ११ गते , विहीबार

दमकको रतुवा घाट नजिकै एक महिलाको शव फेला 

sajilo news
झापा
२०८० आश्विन २३ गते , मंगलबार
दमकको रतुवा घाट नजिकै एक महिलाको शव फेला 

झापाको दमकमा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका-२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाट नजिकै बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ५५/६० वर्षको जस्तो देखिने महिलाको शवको भने पहिचान खुलेको छैन । मंगलबार बिहान जंगलमा घाँस काट्न गएकी महिलाले शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाको बारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

सम्बन्धित समाचार