२०८३ असार ११ गते , विहीबार

इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा, परिवारलाई १० लाख दिइने

sajilo news
काठमाडौं
२०८० आश्विन २२ गते , सोमबार
इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा, परिवारलाई १० लाख दिइने

सरकारले इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा भोलि शोकको घोषणा गरेको हो ।

मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाखराहत दिने निर्णय पनि गरेको सरकारी प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। इजरायलमा बसिरहेका अन्य नेपाल फर्किन चाहेमा पनि फर्कन सक्ने गरी व्यवस्था गरिएको उनले बताइन्।

सम्बन्धित समाचार