२०८३ असार ११ गते , विहीबार
कचनकवलका सहदेवले गरे मलेसियामा आत्महत्या
झापा । वैदेशिक रोजगारीका लागी खाडी मुलुक मलेसिया गएका झापाको कचनकवल गाउँपालिकाका एक युवकले आत्महत्या गरेका छन् ।
कचनकवल-७ बालुबाडी घर भएका जेठलाल राजवंशीका २२ वर्षीया छोरा सहदेव राजवंशीले आत्महत्या गरेको वडा नम्बर ७ का वडाध्यक्ष भारत राजवंशीले जानकारी दिए। उनी रोजगारीका लागि १३ महिना अगाडी मलेसिया पुगेका थिए । उनी मलेसियाको कुन कम्पनी र ठाउँमा काम गर्थे त्यो भने खुलेको छैन ।
उनी आफूले काम गर्ने फ्याक्ट्रीमा झुन्डिएको अवस्थामा मृत फेला परेको थिए भने उनको शव नेपाल ल्याउनका लागी प्रक्रिया अघि बढाइसकेको वडा अध्यक्ष राजवंशीको भनाई छ ।