२०८३ असार ११ गते , विहीबार
ट्याक्टर दुर्घटनामा परी एक महिलाको मृत्यु
सुनसरीको गढी गाउँपालिका- ५ थलाहा स्थित औराबनिमा ट्याक्टर दुर्घटना परी एक महिलाको मृत्यु भएको छ । बिहीबार बेलुका चार बजेको समयमा को १ त ४८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार चालकको श्रीमती ४० वर्षीय प्रमीला देवी मण्डलको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको छ ।
चालक सुनसरी गाउँपालिका- ६ बस्ने ५० वर्षीय ब्रह्म देव मण्डल र १८ वर्षीय चालकको छोरा शिव कुमार मण्डलको अवस्था सामान्य रहेको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।