२०८३ असार ११ गते , विहीबार
जितिया पर्व : भोलि झापा गाउँपालिकामा बिदा
तराई मधेशका महिलाहरूले मनाउने जितिया पर्वको अवसरमा झापा गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले एक सूचना जारी गरी जितिया पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको जनाएकी छन् । गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका वडा कार्यालयहरू , स्वास्थ्य संस्थाहरू ,विषयगत शाखाहरू र सामुदायिक विद्यालयहरू भोलि बन्द रहने सूचनामा उल्लेख छ ।