२०८३ असार ११ गते , विहीबार

कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय झापा ‘उत्कृष्ट’

sajilo news
झापा
२०८० आश्विन १८ गते , विहीबार
कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय झापा ‘उत्कृष्ट’

कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय झापा ‘उत्कृष्ट’ भएको छ । गृह मन्त्रालयको मूल्याङकनमा झापाले ८७.३१ अंक प्राप्त गरेको हो ।

उता, कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९-८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९० भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु अति उत्कृष्टको सूचीमा परेका हुन् ।

३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरु ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् ।

कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ६१.५६ अंकसहित अन्तिम स्थानमा छ ।

सम्बन्धित समाचार