२०८३ असार ११ गते , विहीबार

अखिल क्रान्तिकारी लक्ष्मी क्याम्पस कचनकवलको अध्यक्षमा बस्नेत

sajilo news
आर.के. काजी
२०८० आश्विन १६ गते , मंगलबार
अखिल क्रान्तिकारी लक्ष्मी क्याम्पस कचनकवलको अध्यक्षमा बस्नेत

कचनकवल । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको लक्ष्मी क्याम्पसको विद्यार्थी भेला मंगलबार सम्पन्न भएको छ । भेलाले अनु बस्नेतको अध्यक्षतामा ४१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ । 

विद्यार्थी भेलालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी केन्द्रीय सदस्य सरस्वती चम्लागाईले इतिहासको कालखण्डमा विद्यार्थी आन्दोलनहरू सही दृष्टिकोण नभएका कारण विभाजित भएको बताउँदै नेपालको शिक्षा प्रणाली पुँजीवादको रक्षा गर्ने शिक्षा प्रणाली भएको र यसलाई खारेज गरेर गरी खाने वर्गको सेवा गर्ने शिक्षा प्रणाली अहिलेको आवश्यकता रहेको बताइन् । 

नेकपाका कचनकवल गाउँपालिका वाईसीएल इन्चार्ज हरि बस्नेतले राजनीति र शिक्षा अलग ढङ्गले विश्लेषण भएको बताउँदै विद्यार्थीहरू अनिवार्य राजनीतिमा जानकार हुनुपर्ने बताए । अखिल क्रान्तिकारीले कुनै पनि राष्ट्रघाती र जनघातका लागि सम्झौता नगरेको र आधारभूत तहभन्दा माथिको शिक्षा व्यवहारिक हुनुपर्ने ,क्षमता अनुसारको पढ्न पाउने ग्यारेन्टी राज्यले गर्नुपर्छ भनेर वकालत गर्ने संगठन अखिल क्रान्तिकारी रहेको बताए । व्यवहारिक शिक्षा लागु गर्नको लागि अखिल क्रान्तिकारीको आवश्यकता रहेको उनले बताए । 

माओवादी क्षेत्रीय इन्चार्ज डिल्ली घिमिरे हिक्मतले क्रान्ति भनेको परिवर्तन रूपान्तरण भएको बताए । उनले खोक्रो राष्ट्रवाद नचाहिएको र राष्ट्रघाती गर्नेहरूलाई काउन्टर गरेर युवा विद्यार्थीहरूले देशको नेतृत्व गर्ने यात्रामा लामबद्ध हुनुपर्ने बताए । उनले विद्यार्थीसँग भएको हतियार कलमलाई सही ठाउँमा प्रयोग गर्न र शैक्षिक क्षेत्र सुधारका लागी सबै एकजुट हुन आग्रह गरे ।

सम्बन्धित समाचार