२०८३ असार ११ गते , विहीबार
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो ३स्७ बजेतिर कम्पन महशुस भएको हो। भूकम्पको केन्द्रबिन्दुबारे यकिन भएको छैन।
यसअघि आजै बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएको हो।
केन्द्रका अनुसार बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।