२०८३ असार ११ गते , विहीबार
भलुवा खोलामा डुबेर बालिकाको मृत्यु
मोरङको बेलबारी नगरपालिका-२ स्थित भलुवा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो बेलबारी नगरपालिका ३ घर भई हाल मामा साङ्गे लामासँग बस्दै आएकी ३ वर्षीया बालिका सानी तामाङ हराएको भनी प्रहरी चौकी बवियाविर्तामा जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली र बालिकाको आफन्तले बालिकाको खोजतलास गर्दै जाने क्रममा खोलामा डुबेको अवस्थामा मृत फेला पारेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रँगेलिबाट कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।