२०८३ असार ११ गते , विहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणले लज्जित बनायो : बलराम पौड्याल

sajilo news
झापा
२०८० आश्विन १४ गते , आईतबार
नक्कली भुटानी शरणार्थी प्रकरणले लज्जित बनायो : बलराम पौड्याल

(विष्णुप्रसाद पोखरेल) दमक । भुटानी शरणार्थीहरूको स्वदेश फिर्ती अभियानमा लागेका भुटानी नेता एवं भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले आफूहरू नक्कली वा सक्कली नभएर वास्तविक भुटानी शरणार्थी रहेको बताएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरण एउटा लज्जित विषय भएको भन्दै पौड्यालले आफूहरू खाट्टी भुटानी रहेको जनाए । हामी भुटानी हौ र हाम्रो भुटानप्रति गर्व गर्छौ, उनले भने । हामी नक्कली वा सक्कली भुटानी शरणार्थी होइनौ वास्तविक भुटानी शरणार्थी हौ, पौड्यालको भनाई थियो ।

भुटानी शरणार्थी शिविर बेलडाँगीमा भएको एक कार्यक्रममा बोल्दै उनले आफूहरू अमेरिका वा अन्य सुविधा सम्पन्न देशमा जान चाहेको नभएर आफ्नै स्वदेश भुटानमा जान चाहेको स्पष्ट पारे । हामीलाई हाम्रो देश जान चाहन्छौ, स्वदेश फर्कन आतुर रहेका छौ, उनले भने ।

भुटानी शरणार्थीका स्वदेश फिर्तीको मुद्दा पछिल्लो समयमा कमजोर बन्दै गएको अवस्था छ । त्यस्तो अवस्थामा पौड्यालले स्वदेश फिर्तीको माग जोडतोडका साथ उठाउँदै आएको छ । तेस्रो देश पुर्नबासको काम सकिएता पनि अर्को महत्त्वपूर्ण विकल्प स्वदेश फिर्तीको ढोका भने खुला भएको छैन ।

स्वदेश फर्कने वातावरण त बनाउनै पर्छ, पौड्यालले भन्दै आएका छन्। भुटानको जेलमा रहेकाहरूको रिहाइको माग समेत पौड्यालले बारम्बार गर्दै उठाउँदै आएको छ । केही समय अघि भुटानका राजालाई पत्र लेखेर नै उनले यस्तो माग गरेका थिए । 

सम्बन्धित समाचार