२०८३ असार ११ गते , विहीबार

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

sajilo news
मोरङ
२०८० आश्विन १४ गते , आईतबार
बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङको सुन्दरहरैचा नगरपालिका- ४ मा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान पौने ५ बजेको समयमा पूर्वबाट पश्चिम तिर जाँदै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री सुन्दरहरैचा नगरपालिका-५ का ५२ वर्षीय केदार थापालाई ठक्कर दिएका थिए । घाइते भएका थापाको उपचारको क्रममा बिपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

 

सम्बन्धित समाचार