२०८३ असार ११ गते , विहीबार

दमकको जाबा क्याफेमा आगलागी

sajilo news
झापा
२०८० आश्विन १३ गते , शनिबार
दमकको जाबा क्याफेमा आगलागी

झापाको दमक- ६ स्थित जाबा क्याफेमा आगलागी भएको छ ।  सिलिन्डर ग्याँसको पाइपबाट ग्याँस चुहावट भएर सो क्याफेमा आगलागी भएको हो । 

शनिबार बिहान लागेको आगलागीबाट क्याफेमा रहेका तीन वटा फ्रिज, एउटा ओभन र किचनमा रहेका अन्य सरसामानहरू जल्दा ठुलो धनमालको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

क्षतिको यकिन विवरण आउन भने बाँकी छ । क्याफेमा लागेको आगो दमक नगरपालिकाको वारुण यन्त्र र इलाका प्रहरी कार्यालय दमकको टोलीले करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए । 

सम्बन्धित समाचार