झापामा मनाइयो विश्व पर्यटन दिवस
बिर्तामोड । विश्व पर्यटन दिवस बुधबार बिहान एक कार्यक्रम गरी मनाइएको छ। पर्यटन र हरित लगानी गर्ने मूल नारा आत्मसात गर्दै पर्यटन दिवस मनाइएको हो।
प्यासिफिक एसियन ट्राभल एसोसिएसन (पाटा) विद्यार्थी च्याप्टर एएसएमको आयोजनामा आदर्श स्कुल अफ म्यानेजमेन्ट तथा पूर्वाञ्चल उच्च मावि बिर्तामोडको संयोजनमा सुरुवाती कोठा नेपाल ,ट्रेक ८५८६ ,प्याक एन्ड प्याडल नेपाल ,आदर्श ब्याङ्केट लगायतको सहकार्यमा प्रभात फेरी गरिएको हो। आदर्श कलेजको परिसरबाट सुरु भएको र्याली बिर्तामोडको मुक्ति चोक परिक्रम गरेको थियो ।
र्यालीमा प्याक एन्ड प्याड्लका सदस्यहरूले साइकल र्याली समेत गरेको गरेका थिए । ट्रेक ८५८६ ले विद्यार्थीलाई ट्रेकिङमा जाँदा ध्यान दिनुपर्ने कुराको बारेमा प्रदर्शनमार्फत जानकारी गराएका थिए । र्यालीमा ४०० बढीको सहभागिता रहेको थियो । प्रत्येक वर्ष झापा विश्व पर्यटन दिवस मनाइँदै आएको आदर्शका सन्जोग खरेलले बताए ।