२०८३ असार ११ गते , विहीबार

हेलमेटभित्र ब्राउन सुगर ल्याउने दुई युवक भद्रपुरको मेची पुलबाट पक्राउ

sajilo news
झापा
२०८० आश्विन ११ गते , विहीबार
हेलमेटभित्र ब्राउन सुगर ल्याउने दुई युवक भद्रपुरको मेची पुलबाट पक्राउ

भद्रपुर ।  हेलमेटभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा भद्रपुरस्थित मेची पुलबाट दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूका मेचीनगर नगरपालिका- १५ निवासी ३६ वर्षीय विजयकुमार राजवंशी र सोही ठाउँका २६ वर्षीय सुमन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बुधबार साँझ ५ १० बजेको समयमा भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलमा प्रहरी बिटमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६प ८६८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूमाथि शङ्का लागेर चेकजाँच गरेका थिए । चालक विजयकुमारले लगाएको हेलमेटभित्र कालो प्लास्टिकमा पोका पारी लुकाई राखिएको २ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर प्रहरीले फेला पारेका थिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

सम्बन्धित समाचार