२०८३ असार ११ गते , विहीबार

सिंहबाहिनी देवी पिपलबोटमा श्रीमद् भागवत देवीमहापुराण हुने

sajilo news
झापा
२०८० आश्विन १० गते , बुधबार
सिंहबाहिनी देवी पिपलबोटमा श्रीमद् भागवत देवीमहापुराण हुने

बिर्तामोड । बिर्तामोड ४ स्थित सिंहबाहिनी देवी पिपल बोटमा श्रीमद् भागवत देवीमहापुराण आयोजना हुन लागेको छ  । जनश्रुतिको आधारमा झन्डै दुुईसय वर्ष पुरानो मानिएको पिपलको बोटको संरक्षण, संवर्द्धन गर्ने उद्देश्यले पुराण आयोजना गरिएको हो ।
२०८० सालको बडादसैँको शुरु हुनुअघि नौरथको अवसर पारेर नौदिने श्रीमद् भागवत देवीमहापुराण आयोजना गर्न लागिएको पुराण मूल आयोजक समितिकी अध्यक्ष हेमकला कट्टेलले बताइन् ।
अध्यक्ष कट्टेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महताराको प्रमुख आतिथ्यमा पुराणको घोषणा गरिएको छ । आगामी असोज २८ गतेदेखि सञ्चालन बडादसैँको महानवमीसम्म सञ्चालन हुने पुराणको प्रमुख अतिथि महताराले घोषणा गरेकी हुन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख महतारा, उपप्रमुख नगेन्द्र सङ्ग्रौला, विशेष अतिथि कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्य, बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्मा, वडा नं. ६ का अध्यक्ष सूर्य कन्दङ्वा, हर्कलाल गिरी, गुरुभक्त न्यौपाने, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, चैतन्य मैनाली लगायतले शुभकामना मन्तव्य राख्दै ऐतिहासिक धरोहरको संरक्षण गर्नु सबैको दायित्व भएको धारणा राखे ।
पुराण आयोजक मूल समितिकी उपाध्यक्ष पार्वता खरेल विमलीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश उपाध्यक्ष हरि तिम्सिनाले पारेका थिए भने महासचिव उमा शिवाकोटीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

 

सम्बन्धित समाचार