२०८० मंसीर २३ गते , शनिबार

एसियाडमा चीन ३९ स्वर्ण पदकसहित शीर्ष स्थान

sajilo news
एजेन्सी
२०८० आश्विन ९ गते , मंगलबार
एसियाडमा चीन ३९ स्वर्ण पदकसहित शीर्ष स्थान

काठमाडौं  । १९औँ एशियाली खेलकुदमा आयोजक चीनले वर्चस्व कायम राखेको छ।  हालसम्म ६९ वटा पदक जितेर चीनले अपराजित यात्रालाई जारी राखेको हो।

पछिल्लो पदक तालिकाअनुसार चीनले ३९ स्वर्ण, २१ रजत र ९ कास्यसहित कुल ६९ पदक जितेर पदक शीर्ष स्थानमा छ।  पदक तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, १० रजत र १३ वटा कांस्य पदक जितेको छ। 

जापानले ५ स्वर्ण, १४ रजत र १२ वटा कांस्य पदक जितको छ। उज्वेकिस्तानले ४ स्वर्ण, ४ रजत र ६ कांस्य जितेको छ भने ३ स्वर्ण, हङकङ ४ रजत र ७ कांस्यसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ। 

दक्षिण एसियाली देश भारतले सुटिङ र महिला क्रिकेटमा स्वर्ण पदक जतेको छ। भारतले ३ वटा रजत र ६ वटा कांस्य पदक प्राप्त गरेको छ।  सहभागी ४५ देशमध्ये १० देशले स्वर्ण पदक जितेका छन् भने २६ देशले पदकको खाता खोलेका छन्। 

नेपाल लगायतका बाँकी देशले पदको खाता खोल्न सकेका छैनन्। एसियाली खेलकुदमा आज विभिन्न १४ खेलका ३९ स्वर्ण पदक जित्ने खेलाडीको टुंगो लाग्ने छ। 

सम्बन्धित समाचार