२०८० मंसीर २३ गते , शनिबार
झापामा डेंगी : संक्रमित हुनेको सङ्ख्या ३ हजार नाघ्यो

झापामा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको छ । असोज ७ गतेसम्मको तथ्याङ्क अनुसार झापामा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार २ पुगेको हो ।
९ हजार ६३८ जनाको रगत परीक्षण गर्दा त्यति जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जुन करिब ३१ प्रतिशत हो । त्यस्तै १५१ जना डेंगी संक्रमित जिल्लाका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । अन्यत्र कम हुँदै गएपनि झापामा डेंगी संक्रमण तीव्र रुपमा बढ्दै गएको छ । यस वर्ष डेंगी सङ्क्रमणबाट झापामा ६ जनाको मृत्यु भइसकेको छ ।