कचनकवलमा असोज १३ गते स्वास्थ्य महोत्सव हुँदै

कचनकवल । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत दक्षिणी झापाको कचनकवलमा माओवादी केन्द्रले स्वास्थ्य महोत्सव आयोजना गर्न लागेको छ । नेकपा माओवादी केन्द्र कचनकवल गाउँ समितिले ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा लक्ष्मी क्याम्पस बनियानीमा
यही असोज १३ गते स्वास्थ्य महोत्सव आयोजना गर्न लागेको हो । स्वास्थ्य महोत्सवमा ओमसाई पाथीभरा हस्पिटलका वरिष्ठ डाक्टरहरू शशि सिंह, देवानन्द, अमर कपुरी, श्रवण राउत, जयकुमार ठाकुर, एलिजा गौतम, नीरज रौनियार, कुन्दन यादव, सुवास बस्नेत, प्रवीण तिम्सिना र प्रियङ्का यादवले बिरामीहरूको चेकजाँच गर्ने कार्य तालिका रहेको माओवादी केन्द्रको नेता डिल्ली घिमिरे (हिक्मत)ले जानकारी दिए । त्यस्तै मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा रोगको परीक्षण तथा मोतिया विन्दुको शल्यक्रिया समेत निःशुल्क गरिने उनले बताए ।