२०८० आश्विन ९ गते , मंगलबार

श्रीलंकाको लज्जास्पद हार, भारत आठौंपटक एसिया च्याम्पियन

sajilo news
झापा
२०८० भाद्र ३१ गते , आईतबार
श्रीलंकाको लज्जास्पद हार, भारत आठौंपटक एसिया च्याम्पियन

श्रीलंकालाई दस विकेटले हराउँदै भारत एसिया कपको विजेता बनेको छ। श्रीलंकाले दिएको ५१ रनको लक्ष्य ६।१ ओभरमा पूरा गर्दै भारत आठौंपटक एसिया कपको विजेता बनेको हो। शुभम गिलले २७ र इशान किसनले २३ रन बनाएर भारतलाई जित दिलाए। 

यसअघि श्रीलंका १५.२ ओभरमा अलआउट हुँदै ५० रन बनाएको थियो। छ पटकको विजेता श्रीलंकाको ब्याट धरासायी बनाउँदै भारतका मोहम्मद सिराज नायक बने। ७ ओभर बलिङ गरेका उनले ६ विकेट लिए। त्यस्तै हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए।

सिराजले चौथो ओभरमा ५ विकेट लिएका थिए।श्रीलंकाले पावर प्लेइङको छैटौं ओभरमै ६ विकेट गुमाएको थियो। छैटौं ओभरको समाप्तिमा उसले १३ रन बनाएर ६ विकेट गुमाएको थियो।

श्रीलंकाका कुशल परेरा, सदीरा, चारिथ अशलंका र दसुन शनाका शून्य रनमै आउट भए। श्रीलंकाका लागि कुशल मेन्दासले सर्वाधिक १७ रन बनाएङ्का थिए। दसन हेमन्थाले अविजित १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्। 

सम्बन्धित समाचार