२०८० आश्विन ९ गते , मंगलबार

बंगालादेशसँग पराजित भएसँगै एकदिवसीय वरियतामा भारत फेरि तेस्रो स्थानमा झर्‍यो

sajilo news
झापा
२०८० भाद्र ३१ गते , आईतबार
बंगालादेशसँग पराजित भएसँगै एकदिवसीय वरियतामा भारत फेरि तेस्रो स्थानमा झर्‍यो

झापा । एसिया कपमा बंगालादेशसँग पराजित भएसँगै भारत एकदिवसीय वरियतामा फेरि तेस्रो स्थानमा झरेको छ । एकदिवसीय वरियतामा पाकिस्तान पहिलो स्थानमा थियो ।

श्रीलङ्कासँग हारेसँगै पाकिस्तान तेस्रो र भारत दोस्रो स्थानमा उक्लिएको थियो । तर, बंगालादेशसँग पराजित भएसँगै भारत फेरि तेस्रो स्थानमा झरेको छ । पाकिस्तान भने दोस्रो स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ एकदिवसीय वरियतामा अस्ट्रेलियाको शीर्ष स्थानमा कायम रहेको छ । शीर्ष स्थानमा कायम रहेपछि अस्ट्रेलियाको यसअघिको रेटिङ भने १२१ बाट घटेर ११५ भएको छ ।

पाकिस्तानको रेटिङ ११५ र भारतको रेटिङ ११४ रहेको छ । त्यस्तै एकदिवसीय वरियतामा इङल्याण्ड चौथो स्थानमा उक्लिएको छ ।  नेपाल भने हाल एकदिवसीय वरियतामा ३४ रेटिङसहित १५औं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार