२०८१ असार ६ गते , विहीबार

बंगलादेशले भारतलाई हरायो

sajilo news
झापा
२०८० भाद्र ३० गते , शनिबार
बंगलादेशले भारतलाई हरायो

एसीसी एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ। गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको हो। 

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९।५ ओभरमा २५९ रन बनाएर अलआउट भयो। भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले तर टोलीलाई जीत दिलाउन भने सकेनन्। 

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २र२ विकेट लिए। त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो।

फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ। हारका बाबजुत भारत समूह विजेताको रूपमा फाइनल पुगेको छ। भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ। श्रीलंका बिहीबार पाकिस्तानलाई पराजित गर्दै फाइनल पुगेको थियो। 

सम्बन्धित समाचार