प्रादेशिक अस्पताल भद्रपुरका निमेसु खडकालाई सम्मान
भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्कालाई नेपाल क्षयरोग निवारण संस्था झापाले स्वागत सम्मान गरेको छ। संस्थाको कार्यालय भद्रपुरमा आइतबार आयोजित एक अनौपचारिक कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खड्कालाई स्वागत सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना सहित बधाई ज्ञापन गरेको हो ।
क्षयरोग निवारण संस्थाका झापा सभापति गोपालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, संस्थाका झापा उपसभापति धनजुजु श्रेष्ठ, सचिव केदार महत तथा सदस्यहरू गोविन्द कोइराला र गोपाल गिरीले खादा माला अर्पण गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा डाक्टर खड्काले अस्पतालको स्तरोन्नतिमा समाजका सबै पक्षको सहयोगको अपेक्षा गरे । उनले क्षयरोग निवारण संस्थासँग हातेमालो गर्दै क्षयरोग विरुद्धको अभियानमा सहकार्य गरेर अघि बढ्ने पनि प्रतिबद्धता प्रकट गरे ।