२०८३ बैशाख ७ गते , सोमबार

रेडहर्ष इलामले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि

sajilo news
झापा
२०८० भाद्र २१ गते , विहीबार
रेडहर्ष इलामले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि

रेडहर्ष फुटबल क्लब इलामले फुङलिङमा आयोजित प्रथम ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार भएको फाइनल खेलमा इटहरीको जुट विकास खेलकुद एकाडेमीलाई पराजित गरी इलामले उपाधि रक्षा गरेको हो । भानुजन माविको खेलमैदानमा भएको खेलमा इलामका लागि शरण बस्नेतले गरेको गोल नै निर्णायक बन्यो । खेलको ३१औँ मिनेटमा पाएको फ्रिकिकमा इलामले अग्रता लिएको थियो । खेल अवधिभर थप कुनै गोल भएन ।

खेलको म्यान अफ दी म्याच पनि इलामकै शरण बस्नेत भए । उनले नगद ५ हजार पाएका छन् । यस्तै, इलामकै गोलरक्षक विवेक मगर उत्कृष्ट बन्दै नगद ७ हजार पाउन सफल भए । इलामका छिरिङ गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै नगद १० हजार र ट्रफी पाउँदा इलामकै आशिष् राई सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक छिरिङ पासाङ शेर्पा भए । उनीहरूले जनही नगद ७ हजार पाए ।

यसैगरी, इटहरीका रोहण कार्की वेस्ट मिडफिल्डर र इटहरीकै रमेश राजवंशी वेस्ट डिफेन्स बन्दै जनही नगद ७ हजार पाउन सफल भए । च्याम्पियन बनेको इलामको रेडहर्ष एफसीले नगद ३ लाख ११ हजारसहित ट्रफी पायो भने उपविजेता बनेको इटहरीले नगद १ लाख ५१ हजार र ट्रफीमा चित्त बुझाएको छ । विजेता तथा उपविजेतालाई प्रतिनिधि सभा सदस्य लीलादेवी बोखिमलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

सम्बन्धित समाचार