२०८३ बैशाख ३१ गते , विहीबार

विराटनगरमा दिनदहाडै युवामाथि तरबार प्रहार गर्ने दुई जना पक्राउ

sajilo news
मोरङ
२०८० श्रावण ३२ गते , विहीबार
विराटनगरमा दिनदहाडै युवामाथि तरबार प्रहार गर्ने दुई जना पक्राउ

विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो । 

विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधबार बिहानका राति २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जानकारी पोखरेलले दिए । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ । 

उनका अनुसार तरबार प्रहारबाट विराटनगर–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हलिममाथि विराटनगर–१० सन्सारीमाईस्थाननजिकै सोमबार दिउँसो २ स्४५ बजेतिर तरबार हानिएको हो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठजनाको संलग्नता देखिएको छ । फरार रहेका छजनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन् । 

सम्बन्धित समाचार