२०८३ बैशाख ३१ गते , विहीबार

भैँसी चोर्ने भारतीय नागरिक पक्राउ

sajilo news
झापा
२०८० श्रावण ३१ गते , बुधबार
भैँसी चोर्ने भारतीय नागरिक पक्राउ

भैँसी चोरीको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनीग्राम पञ्चायत लालमनियाथाना लौकाह-२ का ३० वर्षीय दिपुकुमार भिमदवार यादव रहेका छन् ।

मंगलबार बेलुकी त्रियुगा नगरपालिका-५ देउरीका धुव्रबहादुर खड्काको गोठमा बाँधेको भैँसी चोरी गरी लैजाँदै गरेको इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको टोलीले यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

आरोपितले अर्को गाउँमा मेरो भैँसी ७५ हजारमा किन भन्दै हिँडेका अवस्थामा भैँसीसहित पक्राउ परेको उनले बताए । यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको डिएसपी चौधरीले बताए ।

सम्बन्धित समाचार