२०८३ बैशाख ३१ गते , विहीबार

पाँच लाख घुस रकमसहित इन्जिनियर र लेखापाल पक्राउ

sajilo news
झापा
२०८० श्रावण ३१ गते , बुधबार
पाँच लाख घुस रकमसहित इन्जिनियर र लेखापाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित गाउँपालिकाका इन्जिनियर र लेखापाल पक्राउ गरेको छ ।  आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस रकमसहित पक्राउ गरेको हो । 

बुधवार बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपैयाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । उनीहरूले गाउँपालिकामा सोलार बत्ती जडानलगायतको योजनामा भुक्तानी गर्दा सेवाग्राहीसँग घुस लिएको बताइएको छ । 

 

सम्बन्धित समाचार